घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लालचन विजयी, एमाले उम्मेदवार दुई मतले पराजित

घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लालचन विजयी, एमाले उम्मेदवार दुई मतले पराजित

पोखराः मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन्। उनी ७६० मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। थकाली लालचनसँग दुई मत अन्तरले पराजित भएका हुन्। 

पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार जमुना थापा विजयी भएकी छन्। उनले ७९३ मत पाएर विजयी भएकी छिन्। शुक्रबार भएको मतदानमा घरपझोङ गाउँपालिकामा एक हजार ५९८ मत खसेको थियो।

त्यसैगरी मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिमा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी भएका छन्। उनले ६८९ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार छिरिङ ल्हामो गुरुङ विजयी भएका छन्। उनले ६४१ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन्।

वैशाख ३१, २०७९ शनिबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।