सैनामैनामा दुई सय मत गन्दा एक मतले एमाले अगाडि

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिकामा मतगणना जारी छ। यहाँ प्रमुख पदमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
हालसम्म दुई सय मत गनिसक्दा एमालेका मेयर पदका उम्मेदवार चित्रबहादुर कार्कीले ८३ मत प्राप्त गरेका छन्। कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित उनलाई पछ्याइरहेका छन्।
यस्तै उपप्रमुखमा माओवादीका मानबहादुर महतले ९१ मत प्राप्त गर्दा एमालेकी विना रानाले ८९ मतसहित पछ्याएकी छन्।
वैशाख ३१, २०७९ शनिबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।