बुटवलमा कांग्रेस अघि-अघि, राप्रपा पछि-पछि

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस अग्रस्थानमा छ। बुटवल वडा नं. १ को ६ सय मत गणना हुँदा नेपाली कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाएका छन्।
राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले ९४ मत पाएका छन्।
उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ११६ मत प्राप्त गरेकी छिन्। राप्रपाकी भगवती पाण्डेले १३० मत पाउँदा समाजवादीका चिन गुरुङले ९७ मत प्राप्त गरेका छन्।
वैशाख ३१, २०७९ शनिबार ०९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।