रेसुङ्गाको चार वटा वडाको मतगणना सकियो, चारैमा कांग्रेसले हात पार्यो नेतृत्त्व

गुल्मीः जिल्लाको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा चार वटै वडामा नेपाली कांग्रेसले नेतृत्त्व हात पारेको छ।
मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ।
नगरपालिकाको वडा नं १ मा रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन्। २ मा हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन्।
त्यसैगरी वडा नम्बर ३ मा बाबुराम खत्रीले ४८७ र वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन्।
वैशाख ३१, २०७९ शनिबार ०९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।