काठमाडौंमा पहिला १ र ३२ नम्बर वडाको मतगणना गरिने

काठमाडौंमा पहिला १ र ३२ नम्बर वडाको मतगणना गरिने

काठमाडौंः हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशैभर जारी छ। कतै परिणाम पनि आइसकेको छ भने कतै मतगणना सुरु हुनै बाँकी छ।

बहुप्रतीक्षित काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी पनि अन्तिम चरणमा पुगेको छ। मतगणना निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा मतगणना गरिनेछ।

यतिबेला मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिने काम जारी छ। सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले बताए। सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिए।

शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो।

वैशाख ३१, २०७९ शनिबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।