कपिलवस्तु नगरपालिकामा जसपाका उम्मेदवार अघि

कपिलवस्तु नगरपालिकामा जसपाका उम्मेदवार अघि

कपिलवस्तुः गए रातिबाट सुरु भएको मतगणनाअनुसार कपिलवस्तु नगरपालिकामा जसपाले सुरुआती अग्रता लिएको छ। जसपाका उम्मेदवार सुदीप पौडेलले अग्रता लिएका हुन्।

हालसम्म ४ सय मत गणना हुँदा पौडेलले २०७ मत पाएका छन्। त्यस्तै एमालेका डा. राजेश गुप्ताले ९५ मत पाएका छन्। कांग्रेसका किरण सिंहले ५२ मत ल्याएर तेस्रो स्थानमा छन्।

त्यस्तै उपप्रमुखमा जसपाकी सुनिता गुप्ताले ११५ मत प्राप्त गरेकी छन्। एमालेकी तुलासा पाण्डे गैरेले १०१ मत प्राप्त गरेकी छिन्।

कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेकी छिन्।

वैशाख ३१, २०७९ शनिबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।