चामे गाउँपालिकाको अध्यक्षमा एमालेका घले विजयी

मनाङः जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन्। ३२० मतसहित उनी अध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याएका थिए। घलेको यो दोस्रो कार्यकाल हो।
यता उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छिन्। उनी ३२५ मत ल्याएर विजयी भएकी हुन्। उपाध्यक्ष उम्मेदवार एमालेकी आशकुमारी गुरुङले २७४ मत ल्याएकी थिइन्।
वैशाख ३१, २०७९ शनिबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।