कपिलवस्तुको शिवराजमा राप्रपाको अग्रता

कपिलवस्तुः जिल्लाको शिवराज नगरपालिकामा ६ सय मत गणना हुँदा राप्रपाले अग्रता लिएको छ। राप्रपाका अजेय थापाले २३४ मत प्राप्त गरेका छन्।
यसैगरी एमालेका महादेव पोखरेलले २११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ३४ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने एमालेले अग्रता लिएको छ। उपप्रमुखमा एमालेकी शिवकुमारी चौधरीले २४५ मत प्राप्त गरेकी छिन्। त्यस्तै राप्रपाकी विपाशा चौधरीले १५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी शारदा कार्कीले ३३ मत प्राप्त गरेकी छिन्।
शिवकमाुरी चौधरी ०७४ सालमा भएको स्थानिय तह निर्वाचनमा उपप्रमुख विजयी भएकी थिइन्। राप्रपाबाट अग्रता लिएका थापा नेपाली कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवारी दिएका थिए।
वैशाख ३१, २०७९ शनिबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।