मतगणनाका लागि पोखरामा बोलाइयो सर्वदलीय बैठक

मतगणनाका लागि पोखरामा बोलाइयो सर्वदलीय बैठक

पोखराः पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको छ।

निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको छ। सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कुल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो।

वैशाख ३१, २०७९ शनिबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।