चार सय मत गणना हुँदा बुटवलमा एमाले तेस्रो, अन्य दुई नगरपालिकामा पनि पछाडि

चार सय मत गणना हुँदा बुटवलमा एमाले तेस्रो, अन्य दुई नगरपालिकामा पनि पछाडि

बुटवलः रुपन्देहीको एक उपमहानगरपालिका र दुई नगरपालिकामा प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेस अगाडि रहेको छ। बुटवल वडा नं. १ को मतगणना भइरहँदा यहाँ एमाले तेस्रोमा छ।

वडाको चार सय मत गणना हुँदा नेपाली कांग्रेसका खेलराज पाण्डेले १७५ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ८८ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन। 

यता रुपन्देहीको देवदह नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिरा केसीले दुई सय मत गणना गर्दा ६८ मत प्राप्त गरेका छन्। एमालेका ध्रुब खरेलले ५६ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरुङले ५८ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्।

सैनामैना नगरपालिकामा पनि गठबन्धनको तर्फबाट प्रमुख उम्मेदवार बनेका नेपाली कांग्रेसका फणिन्द्र शर्माले सुरुआती अग्रता लिएका छन्। शर्माले एक सय मत गणना गर्दा ४२ मत प्राप्त गरेका छन् भने एमालेका चित्रबहादुर कार्कीले ३४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नारायण महतले अग्रता लिएका छन्। महतले ४८ मत ल्याउँदा एमालेकी बिना मगरले ४१ मत प्राप्त गरेकी छिन्।

वैशाख ३१, २०७९ शनिबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।