बुटवलमा कांग्रेसका उम्मेदवार पाण्डेलाई सुरुवाती अग्रता

बुटवलमा कांग्रेसका उम्मेदवार पाण्डेलाई सुरुवाती अग्रता

बुटवल : बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ। प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नम्बर १ बाट नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ।

वडा नम्बर १ मा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्रकुमार शेरचनले ४५ ल्याएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने ३३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म उक्त वडाको २ सय मत गणना भएको छ।

वैशाख ३१, २०७९ शनिबार ०६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।