काठमाडौँ महानगरको मतगणना शनिवार ८ बजेबाट

काठमाडौँ महानगरको मतगणना शनिवार ८ बजेबाट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजेबाट सुरु हुने भएको छ। मध्यरात बसेको सर्वदलीय बैठकले शनिवार बिहानबाट मतगणना गर्ने सहमति भएको हो।

गणनाको बेलामा राजनीतिक दलका उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि र स्वतन्त्र उम्मेदवारमध्ये पाँच जनाको एक जना प्रतिनिधि राख्ने सहमति भएको छ।

पाँच स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने निर्णयको स्वतन्त्र उम्मेदवार बालेन साहले विरोध गरेका छन्। उनले प्रत्येक  स्वतन्त्रबाट एक जना प्रतिनिधि राख्न पाउनुपर्ने माग गरेका छन्। 

वैशाख ३१, २०७९ शनिबार ०१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।