ओपनियन पोल अनुसार बुटवलमा एमालेको नेतृत्व जोगिने

काठमाडौँ : बुटवल उप महानगरपालिकामा एमालेले आफ्नो नेतृत्व जोगाउने ओपनियत पोलको नतिजाले देखाएको छ। फ्याक्ट्स नेपालको ओपनियन पोलका अनुमान अनुसार बुटवलको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारसँग गठबन्धनको उम्मेदवार पराजित हुने देखिएको छ।
मेयरमा एमालेको उम्मेदवारले ५० प्रतिशत जित्ने सम्भावना देखाएको एक्जिट पोलले गठबन्धनको उम्मेदवारले ३८ प्रतिशत मात्रै जित्ने सम्भावना देखाएको छ।
उप मेयरमा एमाले उम्मेदवारले जित्ने सम्भावना ५९ प्रतिशत र गठबन्धनको उम्मेदवारको जित्ने सम्भावना २५ प्रतिशत रहेको देखिएको छ।
राप्रपाको मेयरको उम्मेदवारले १० प्रतिशत र उपमेयरको उम्मेदवारले १३ प्रतिशत मत पाउने देखिएको छ।
वैशाख ३१, २०७९ शनिबार ००:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।