पोखरा महानगरको मेयर-उपमेयर दुवै एमालेले जित्ने : ओपनियन पोल

पोखरा महानगरको मेयर-उपमेयर दुवै एमालेले जित्ने : ओपनियन पोल

काठमाडौँ :  ओपनियन पोलको नतिजाले पोखरा महानगरपालिकामा गठबन्धन मेयर र उपमेयर दुवै पदमा पराजित हुने देखाएको छ फ्याक्ट्स नेपालको ओपनियन पोलका अनुसार पोखरामा मेयर र उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी हुने देखिएको हो।

एमालेका उम्मेदवार मेयरमा जित्ने सम्भावना ४१ प्रतिशत रहेको र गठबन्धनको उम्मेदवार ३७ प्रतिशत देखिएको छ। एमालेबाट कृष्ण थापा र गठबन्धनबाट एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार छन्।

उपमेयरमा पनि एमालेको उम्मेदवारले ४८ प्रतिशत जित्ने सम्भावना रहेको छ भने गठबन्धनको ३६ प्रतिशत सम्भावना रहेको छ।

अटेरी समूहमार्फत गनेश पौडेल महानगरको मेयरको उम्मेदवार बनेका छन्। स्वतन्त्र उम्मेदवारले सात प्रतिशत मत ल्याउने फ्याक्ट्स नेपालको ओपनियन पोलले देखाएको छ।

वैशाख ३१, २०७९ शनिबार ००:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।