ललितपुरमा चिरिबाबु नै दोहोरिने : एक्जिट पोल

काठमाडौँ : एक्जिट पोलको नतिजाले ललितपुर महानगरपालिकाको मेयरमा पुन चिरिबाबु महर्जन आउने देखाएको छ। फ्याक्ट्स नेपालको एक्जिट पोलका अनुसार गठबन्धनको उम्मेदवारको रूपमा महर्जनले ६४ प्रतिशत मत पाउन सक्छन्।
एमालेका उम्मेदवारले २५ प्रतिशत मत पाउने र राप्रपाका उम्मेदवारले चार प्रतिशत मत पाउने एक्जिट पोलमा देखिन्छ।
एक्जिट पोल अनुसार उपमेयरमा पनि गठबन्धनकै आउने देखिन्छ। एक्जिट पोलमा गठबन्धनको उपमेयरले ६२ प्रतिशत र एमालेको उम्मेदवारले २५ प्रतिशत जित्ने सम्भावना देखिन्छ।
अघिल्लो निर्वाचनमा ललितपुरमा कांग्रेसबाट महर्जनले नै जितेका थिए। उनलाई गठबन्धनको तर्फबाट पुन मेयरको उम्मेदवारमा दोहोर्याइएको हो। एमालेले हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको थियो।
उपमेयरमा गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्य र एमालेबाट मञ्जली शाक्य बज्राचार्य उम्मेदवार छन्।
वैशाख ३०, २०७९ शुक्रबार २३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।