गणनै सुरु नभई फेसबुकमा काठमाडौँ महानगरको नतिजा, बल्ल मतपेटीका बुझ्दै आयोग

काठमाडौँ : सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले काठमाडौँ महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम भन्दै राखे पनि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले भने मत गणनाको काम सुरु नभएको जानकारी दिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार अहिले निर्वाचन कार्यालयले काठमाडौँका विभिन्न मतदान केन्द्रबाट आएको मतपेटिका बुझिरहेको छ।
मत पेटिका बुझेपछि सर्वदलीय बैठक राखेर त्यसले गर्ने निर्णयको आधारमा मतगणनाको समय तय हुनेछ। सर्वदलीय बैठकबाट उम्मेदवारका प्रतिनिधिसँगै मत सदर र बदरबारे सहमतीपछि मात्रै निर्वाचन कार्यालयले मतगणना सुरु गर्नेछ।
वैशाख ३०, २०७९ शुक्रबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।