निर्वाचन सक्काएर घर फर्कँदा सहायक मतदान अधिकृतको मृत्यु

निर्वाचन सक्काएर घर फर्कँदा सहायक मतदान अधिकृतको मृत्यु

काठमाडौँ : मतदान केन्द्रको काम सक्काएर घर फर्कनेक्रममा वीरेन्द्रनगरका सहायक मतदान अधिकृत हृदय ढकालको मृत्यु भएको छ।

स्थानीय तहको निर्वाचन सक्काएर मोटरसाइकलमा घर फर्किँदै गर्दा वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौँ अधिकृत हुन्। उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलको मतदान केन्द्रमा सहायक मतदान अधिकृत थिए।

मोटरसाइकल खाल्डोमा परेर उछिट्टिएर बाटो छेउमा रहेको जस्ता पातामा उनको शरीर ठोक्किएको थियो।

वैशाख ३०, २०७९ शुक्रबार २२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।