मनाङमा ६३ प्रतिशत मत खस्यो, मतगणना सुरु

मनाङमा ६३ प्रतिशत मत खस्यो, मतगणना सुरु

काठमाडौँ : मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकाको मतगणना सुरु भएको छ। 

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मनाङका सबै स्थानीय तहको मतगणना शुक्रबार राति नै हुनेछ। मनाङको बिकट नार्पाभूमिको भने मतगणना भएको छैन।

नार्पाभूमिका वडाको मतपेटिका सङ्कलन नभएकाले सो पालिकाको मतगणना हुन नसकेको हो। मनाङमा ६ हजार ४ सय ९६ मतदातामध्ये ४ हजार ६७ मत खसेको छ। 

वैशाख ३०, २०७९ शुक्रबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।