वीरगन्जमा विजय सराबगीलाई झड्का लाग्ने एक्जिट पोलको नतिजाले देखायो

काठमाडौँ : ‘फ्याक्ट्स नेपाल’को प्रक्षेपणमा वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार विजयी हुने देखाएको छ। उपमेयर पनि गठबन्धनबाटै आउने एक्जिट पोलले देखाएको छ।
सत्तारूढ गठबन्धनबाट मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।
वीरगन्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा एमालेबाट विजय सराबगी र लोसपाबाट उपप्रमुखमा पुरुषोत्तमलाल झा उम्मेदवार बनेका थिए।
सरावगी जनता समाजवादी पार्टी त्यागेर निर्वाचनको मुखैमा एमालेमा गएका थिए।
मेयरमा गठबन्धनका उम्मेदवारले ७४ प्रतिशत, एमालेको उम्मेदवारले १४ प्रतिशत र अन्य दलका उम्मेदवारले ९ प्रतिशत ल्याउने फ्याक्ट्स् नेपालको प्रक्षेपणमा देखिन्छ।
उप मेयरमा पनि गठबन्धनकै उम्मेदवारले जित्ने उसको प्रक्षेपणले देखाएको छ। उपमेयरमा गठबन्धनबाट ७२ प्रतिशत, एमालेबाट १५ प्रतिशत आउने उसको प्रक्षेपणले देखाएको छ।
राप्रपाबाट प्रमुखमा पत्रकार तथा लेखक गिरीश गिरी र उपप्रमुखमा बिना देवीको उम्मेदवार बनेका छन्।
वैशाख ३०, २०७९ शुक्रबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।