एक्जिट पोलले वीरेन्द्रनगरको मेयर गठबन्धन, उपमेयर एमालेले जित्ने देखायो

काठमाडौँ : ‘फ्याक्ट्स नेपाल’को प्रक्षेपणमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार विजयी हुने देखाएको छ भने उपमेयरमा एमालेको उम्मेदवार जित्ने देखाएको छ।
उसको पूर्वानुमानमा गठबन्धनका उम्मेदवार नगर प्रमुखमा विजयी हुने सम्भावना ४६.८ प्रतिशत छ। एमालेका उम्मेदवारले २७.८ प्रतिशत मत पाउने उसको प्रक्षेपण रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारले १८.५ प्रतिशत मतका साथ तेस्रो हुने देखाएको छ। गत निर्वाचनमा वीरेन्द्रनगरको मेयर कांग्रेसले जितेको थियो।
उपप्रमुखमा एमाले उम्मेदवार विजयी हुने देखाएको छ। प्रक्षेपण अनुसार एमाले उम्मेदवारले ४६.३ प्रतिशत मत ल्याउन सक्नेछन्।
गठबन्धनको उपमेयरको उम्मेदवारले ३१.७ र राप्रपाको उम्मेदवारले जित्ने सम्भावना ७.८ प्रतिशत मात्र देखाएको छ।
वैशाख ३०, २०७९ शुक्रबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।