विराटनगरको एक्जिट पोल नतिजाले उपेन्द्र यादवको छोरा हार्ने देखायो

विराटनगरको एक्जिट पोल नतिजाले उपेन्द्र यादवको छोरा हार्ने देखायो

काठमाडौँ : एक्जिट पोलमा देखिएको नतिजा अनुसार विराटनगर महानगरपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झड्का लाग्ने देखिएको छ।

फ्याक्ट्स नेपालको एक्जिट पोल अनुसार मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जित्ने देखिएको छ। उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले जित्ने उसको पूर्वानुमान देखिन्छ।

जनता समाजवादीबाट उपमेयरमा यादवका छोरा अमरेन्द्र यादव उम्मेदवार बनेका थिए। मेयरमा एमालेका सागर थापा उम्मेदवार छन्। एक्जिट पोल अनुसार विराटनगरको मेयरमा गठबन्धनका उम्मेदवारले ४९ प्रतिशत मत पाउने देखिन्छ। एमालेका उम्मेदवारले २९ र स्वतन्त्रले १२ प्रतिशत मत ल्याउने पूर्वानुमान छ।

उपमेयरमा एमालेको उम्मेदवारले ६२ प्रतिशत र गठबन्धनको उम्मेदवारले १७ प्रतिशत मत ल्याउने देखिन्छ। मेयर र उपमेयरमा एक जना महिला उठाउनुपर्ने भए पनि यहाँ गठबन्धनबाट मेयर र उपमेयर दुबैमा पुरुष उम्मेदवार बनेका थिए। यस अगाडि विराटनगरको मेयर कांग्रेसले जितेको थियो।

वैशाख ३०, २०७९ शुक्रबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।