रौतहटमा स्थानीयले मतपेटिका लुटे

रौतहटमा स्थानीयले मतपेटिका लुटे

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं.२ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर हिँडेका छन्। सामाजिक संजालमा बाहिरको दृश्यमा स्थानीय मतपेटिका लिएर खेतखेतै भागेको देखिन्छ। 

 

यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए। त्यहाँ स्थिति नियन्त्रणमा लिन दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

यो केन्द्रमा माओवादी, कांग्रेस र जसपाबीचको गठबन्धनका दलहरुबीच दिनभर तनाव भएको थियो। 

वैशाख ३०, २०७९ शुक्रबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।