सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालन

सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालन

काठमाडौँ : जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएको छ। धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको हो।

धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो। विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यलय पर्याएको थियो। 

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेको धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए। त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो। झडपमा केही कार्यकर्ता समेत घाइते भएको पार्टीहरूको दाबी छ।  

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अधिकृत दिवाकर भुजेलका अनुसार अहिलेसम्म जिल्लामा ५५ देखि ६० प्रतिशत मत खसिसकेको छ। 

वैशाख ३०, २०७९ शुक्रबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।