१५ हजार जरिवाना किन नगर्ने भन्दै बाबुरामलाई आयोगको स्पष्टीकरण पत्र

काठमाडौँ : गोप्य मतदान गर्नुपर्ने कानुनी व्यवस्था उलङ्घन गर्दै मतपत्रै सार्वजनिक गरेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ।
गोप्य मतदान गर्नुपर्नेमा निर्वाचन चिन्ह सार्वजनिक हुने गरी तस्बिर खिच्न लगाएर सार्वजनिक गरेपछि आयोगले उनलाई कानुन उलङ्घन गरेकोमा १५ हजार जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण पत्र पठाएको हो।
आयोग स्रोतका अनुसार उनलाई उनको भाइवरमा पत्र पठाइएको छ। गोरखाको पालुङटार नगरपालिकामा एमाले र जसपाविच भएको गठबन्धनमा विश्वास दिलाउन भट्टराईले मतदान केन्द्रमा मत दिएको चुनाव चिन्ह देखिने गरी तस्बिर खिच्न लगाएर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
निर्वाचन ऐन विपरीतको आफ्नो गैर कानुनी कामको बचाउ गर्दै उनले गोप्य मतदान अनिवार्य नभएर स्वेच्छिक भएको कुतर्क गरेका थिए।
वैशाख ३०, २०७९ शुक्रबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।