मेलम्चीमा मतदातालाई सेनाले बन्दुक ताक्यो

मेलम्चीमा मतदातालाई सेनाले बन्दुक ताक्यो

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्चीमा विवाद भएपछि प्रहरी र सशस्त्र प्रहरीभन्दा अगाडि सेना अगाडि सरेको छ। सेनाले लाइनमा बसेका मतदातालाई अवरोध पुर्याउने प्रयास भएको भन्दै मत हाल्न आएका अन्य मतदातालाई बन्दुक ताकेको थियो।

सेनाले तस्बिर खिच्ने सञ्चारकर्मीको मोबाइल समेत खोसेको थियो। मेलम्चीमा मतदान केन्द्रमा एमाले र कांग्रेस समर्थकहरूबिच पटक-पटक विवाद भइरहेको छ।

वैशाख ३०, २०७९ शुक्रबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।