तनहुँमा कांग्रेस वरिष्ठ नेता पौडेल र श्रममन्त्री श्रेष्ठले गरे मतदान

तनहुँमा कांग्रेस वरिष्ठ नेता पौडेल र श्रममन्त्री श्रेष्ठले गरे मतदान

पोखराः तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। नेता पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्र ‘ख’बाट मतदान गरेका हुन्।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका– ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपश्चात स्थानीय तहका प्रतिनिधि जनताको सेवक बन्नुपर्ने श्रममन्त्री श्रेष्ठले बताए।

यस्तै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री दोबाटे विश्वकर्माले व्यास– २ स्थित रहेको सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले पनि तनहुँबाट मतदान गरेका छन्। उनले भिमाद नगरपालिका –९ स्थित हिमालय माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

त्यसैगरी व्यास नगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बैकुन्ठ न्यौपानेले पनि व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयबाट मतदान गरेका छन्।

व्यासमा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका दीपकराज जोशीले सत्यवती मावी मतदान केन्द्रबाट मतदान गरेका छन्। जोशी व्यास नगरको मेयरका लागि स्वतन्त्रका तर्फबाट उम्मेदवार बनेका छन्।

उनी कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। व्यास नगरको मेयरमा कांग्रेसका वैकुण्ठ र दीपकराजबीच प्रतिस्पर्धा हुँदै छ।

वैशाख ३०, २०७९ शुक्रबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।