स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना: १४ जनाको मृत्यु

पोखराः स्याङ्जाको वालिङमा मतदाता बोकेर आएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मतदाता लिएर वालिङतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप वालिङ नगरपालिका–१४ मा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको स्याङजाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए।
प्रजिअ पौडेलको अनुसार दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरास्थित अस्पताल पठाइएको छ।
जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रजिअ पौडेलले बताए। जीप दुर्घटना भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए।
वैशाख ३०, २०७९ शुक्रबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।