स्थानीय तह निर्वाचन: साढे ११ बजेसम्म खस्यो २७ प्रतिशत मत

काठमाडौंः स्थानीय तह निर्वाचनअन्तर्गत देशभर हाल मतदान भइरहेको छ। सात सय ५३ पालिकाका लागि भएको मतदानमा बिहान ११:३० बजेसम्म २७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११:३० सम्मको अपडेटमा औसत २७ प्रतिशत मत खसेको जानकारी दिए।
'अहिलेसम्म औसत २७ प्रतिशत मत खसेको छ’, प्रवक्ता पौडेलले उकेरासँग भने। बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदानको समय तोकिएको छ।
देशका ७७ जिल्लाका १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रहरूमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले मतदान गर्दैछन्।
वैशाख ३०, २०७९ शुक्रबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।