दोस्रो पटक मतदान गर्दै बालेनले भने, 'ज्योतिषशास्त्रअनुसार मेरो जित सुनिश्चित छ'

काठमाडौंः स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको सबैभन्दा चर्चामा रहेका उम्मेदवार हुन्- बालेन साह। उनी स्वतन्त्रबाट मेयर पदमा उठेका हुन्।
उनले आज बिहान ११:०३ मा गैह्रीगाउँमा रहेको अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन्। ज्योतिषशास्त्रअनुसार उनले साइतमा मतदान गरेको बताएका छन्। 'म आफैं पनि एष्ट्रोलोजी हेर्छु। मैले इन्जिनियरिङसँगै एष्ट्रोलोजी पनि पढेको हुँ। त्यसका पनि केही आधार हुन्छन्। वास्तुशास्त्र पनि हुन्छन्। सबैकुरालाई सोचेर गर्छु काम', बालेनले भने।
उनले आफ्नो ११ बजेर ३ मिनेटको साइत भएको पनि बताए। उनले ज्योतिषशास्त्रअनुसार आफ्नो जित सुनिश्चित भएको पनि बताए।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै बालेनले आफूले योसहित दोस्रो पटक मतदान गरेको बताएका छन्।
वैशाख ३०, २०७९ शुक्रबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।