देउवा-प्रचण्ड-नेपाल, तीनै जनाले गरे मतदान

देउवा-प्रचण्ड-नेपाल, तीनै जनाले गरे मतदान

काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन्।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन्।

एकीकृत समाजवादीकै नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन्।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

मतदानपछि उनले जित्ने र हार्ने प्रक्रिया निर्वाचनमा स्वाभाविक भएको प्रतिक्रिया दिएका थिए।

वैशाख ३०, २०७९ शुक्रबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।