बुटवल उपमहानगर: गठबन्धन र एमालेका मेयर उम्मेदवारद्वारा मतदान

बुटवलः सत्ता गठबन्धन र एमालेको तर्फबाट बुटवल उपमहानगरको उम्मेदवार बनेका उम्मेदवारहरूले मतदान गरेका छन्।
एमालेबाट मेयरमा उम्मेदवारी दिएका बाबुराम भट्टराईले बुटवल- ६ चाँदबारी मतदान केन्द्रबाट मतदान गरेका हुन्।
यस्तै कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले पनि मतदान गरेका छन्। उनले वडा नं ८ स्थित सडक डिभिजनभित्र रहेको मतदानस्थलबाट मतदान गरेका हुन्।
वैशाख ३०, २०७९ शुक्रबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।