काठमाडौं उपत्यकाका मतदान केन्द्रमा शान्तिपूर्ण छ अवस्था

काठमाडौं उपत्यकाका मतदान केन्द्रमा शान्तिपूर्ण छ अवस्था
तस्बिर: मोनिका वाइबा

काठमाडौंः स्थानीय तहको निर्वाचनमा काठमाडौंको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ। बिहानै मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति छ।

हिजो साँझ संसद् भवन नयाँ बानेश्वरमा त्रास बढाउन सिलिण्डर राखिएको थियो। तर सो सिलिण्डर नक्कली भएको पत्ता लागेको थियो। हिजै त्यसलाई निष्क्रिय बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी गराए।

ललितपुर र भक्तपुरको अवस्था पनि शान्तिपूर्ण रहेको प्रहरीले जानकारी दिएको छ।

वैशाख ३०, २०७९ शुक्रबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।