बालेनको मतदान केन्द्रमा समीक्षाको 'भिजिट'

काठमाडौंः काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार हुन्- बालेन साह र समीक्षा बाँस्कोटा। बालेन स्वत्नत्र उम्मेदवार हुन भने समीक्षा विवेकशील साझाकी उम्मेदवार हुन्।
आज बिहान काठमाडौं महानगरपालिका- ९ स्थित अन्नपूर्ण मतदान केन्द्रमा बिहानै विवेकशील साझाकी मेयर पदकी उम्मेदवार समीक्षा बाँस्कोटा देखापरिन्। उनी त्यहाँकी मतदाता होइनन्। उनी 'भिजिट' मा मात्र आएकी हुन्।
त्यहाँका मतदाता हुन्- बालेन साह। बालेन मतदान केन्द्रमा आइपुगेका छैनन्। उनी ११ बजे आइपुग्ने कार्यक्रम रहेको बताइएको छ। बालेनको मतदाता परिचय पत्र क्रम संख्या नं ४१८ हो। उनको वास्तविक नाम पनि बालेन्द्र साह हो।
यो मतदान केन्द्रमा मतदाता संख्या ६०६ जना रहेको छ। हालसम्म १५४ मत खसेको बताइएको छ।
वैशाख ३०, २०७९ शुक्रबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।