सातै बजे मतदान गरे विष्णु पौडेलले, १० दिनदेखि बुटवलमै थिए

बुटवलः नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह निवाचनमा बुटवलबाट मतदान गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कायालयको मतदान स्थलबाट बिहान ७ बजे उनले मतदान गरेका हुन्।
पौडेल विगत १० दिनदेखि निर्वाचनको लागि बुटवलमै थिए। यस्तै बुटवलको मेयर पदका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेले पनि सोही केन्द्रबाट मतदान गर्नेछन्।
एमालेको तर्फबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले पनि सोही केन्द्रबाट मतदान गर्नेछन्। बुटवलमा ९० हजार ६५ मतदाता छन्।
वैशाख ३०, २०७९ शुक्रबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।