गृहमन्त्री खाँणले तिलोत्तमामा गरे मतदान

गृहमन्त्री खाँणले तिलोत्तमामा गरे मतदान

बुटवलः गृहमन्त्री बालकृष्ण खाँणले गृहजिल्ला रुपन्देहीबाट मतदान गरेका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले रुपन्देहीको तिलोत्तमा वडा नं. ८ को ज्योति आधारभूत स्कुलको मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानपछि उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले अघि बढेको बताए। उनले कसैले पनि असुरक्षित महसुस नगरी मतदान गर्न आग्रह गरे।

यो निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरूले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउँदै देश समृद्धिको दिशामा अघि बढेको बताए। साथै उनले यो निर्वाचनले जनताको शक्तिलाई सशक्तिकरण गर्ने बताए।

सोही मतदान स्थलबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार तथा गृहमन्त्री खाँणका भाइ रामकृष्ण खाँणले पनि मतदान गरेका छन्।

वैशाख ३०, २०७९ शुक्रबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।