मतदान सुरु हुन अघि बुटवलमा वर्षा भएपछि टाँगियो त्रिपाल

मतदान सुरु हुन अघि बुटवलमा वर्षा भएपछि टाँगियो त्रिपाल

बुटवलः स्थानीय तह निर्वाचनको मतदान सुरु हुनुअघि नै बुटवलसहित आसपासमा हल्का वर्षा भएको छ। हिजो साँझ नै रुपन्देहीको दक्षिणी क्षेत्रमा वर्षा भए पनि बुटवल आसपासमा भएको थिएन।

आज भने बिहानैदेखि भएको हल्का वर्षाका कारण मतदान स्थलमा त्रिपाल टाँगिएको छ।

चर्को घाम र गर्मी हुने भन्दै यसअघि नै कतिपय मतदान स्थलमा त्रिपाल टाँगिएको थियो। बुटवलको कान्ति मा.वि, सिद्धेश्वरीमा त्रिपाल टाँगिएको छ। यस्तै मतपेटिका सुरक्षित राख्न पनि त्रिपाल लगाइएको छ।

बुटवलकै सडक डिभिजन कार्यालयको पुरानो भवनमा मतपेटिका राख्न मिल्ने गरी स्थान बनाइएको छ।

वैशाख ३०, २०७९ शुक्रबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।