बबई नदीमा डुबेर एक किशोरको मृत्यु
दाङ : दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भट्टको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
वैशाख २९, २०७९ बिहीबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।