बैंकिङ कसुर मुद्दाका फरार अधिकारी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अधिकारी पक्राउ

काठमाडौँ : बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगर घर भएर हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरि अधिकारी रहेका छन्।

अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको खाताहरूमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा ५ दिन कैद १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो  

त्यसयता फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित टोलीले बिहीबार शान्तिनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको ब्यूरोले जनाएको छ।

वैशाख २९, २०७९ बिहीबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।