उत्तर कोरियामा दुई वर्षपछि एक जनामा कोरोना संक्रमण देखियो

एजेन्सी : उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा कोरोना संक्रमण भएको पाइएको जानकरी बिहीबार मात्र दिएको हो।
राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको समाचारमा जनाइएको छ। यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ।
यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ।
वैशाख २९, २०७९ बिहीबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।