ताप्लेजुङमा जेसिबी अपरेटर मृत फेला

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृत अवस्थामा फेला परेका छन्।
बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृत अवस्थामा फेला परेका हुन्। जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए।
बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृत फेला परेको स्थानीयले बताएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
वैशाख २९, २०७९ बिहीबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।