मुस्लिम आयोगका अध्यक्षले पैसा बाँडेको आरोप, एमाले कार्यकर्ताले होटल घेरेपछि प्रहरीले लियो नियन्त्रणमा

मुस्लिम आयोगका अध्यक्षले पैसा बाँडेको आरोप, एमाले कार्यकर्ताले होटल घेरेपछि प्रहरीले लियो नियन्त्रणमा

काठमाडौंः मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ। जनकपुरको सीताशरण होटेलमा बसेका अन्सारीले मुस्लिम समुदायका अगुवालाई बोलाएर रकम वितरण गरेको भन्दै एमाले कार्यकर्ताहरूले होटल घेराउ समेत गरेका थिए।

त्यसपछि उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो। तर पैसा बाँडेको भन्ने कुनै पनि प्रमाण फेला नपरेको भन्दै प्रहरीले उनलाई जनकपुर विमानस्थल लगेर छोडेको छ।

वैशाख २९, २०७९ बिहीबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।