मौन अवधिमा चुनाव प्रचारको भिडियो पोस्ट गरेका पृथ्वीसुब्बालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौंः मौन अवधिमा चुनाव प्रचारको भिडियो पोस्ट गरेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ। उपमहासचिव गुरुङले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले २४ घण्टे स्पष्टीकरण माग गरेको आयोगले जनाएको छ।
आयोगले गुरुङलाई सोधेको स्पष्टीकरणमा भनिएको छ- ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’
गुरुङले बुधबार बिहान सवा ८ बजे एमाले उम्मेदवारलाई जिताउन भन्दै अपिल गरिएको भिडियो पोस्ट गरेका थिए। पछि उनले उक्त भिडियो डिलिट समेत गरेका थिए।
वैशाख २९, २०७९ बिहीबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।