काभ्रेमा चार दिन टिपर नचल्ने

काभ्रेमा चार दिन टिपर नचल्ने

काभ्रेः आजबाट चार दिनसम्म काभ्रेमा टिपर नचल्ने भएको छ। शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेमा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।

यस्तै मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने पनि जनाइएको छ।

जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्र छन्।

वैशाख २९, २०७९ बिहीबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।