आज मौन अवधिको दोस्रो दिन, पहिलो दिन भएन आचारसंहिता पालना

आज मौन अवधिको दोस्रो दिन, पहिलो दिन भएन आचारसंहिता पालना

काठमाडौंः निर्वाचन आचारसंहिताअन्तर्गत आज मौन अवधिको दोस्रो दिन रहेको छ। भोलि हुने स्थानीय तह निर्वाचनअघि हिजो र आज मौन अवधिको समय रहेको थियो।

तर, मौन अवधिमै कतै बम विस्फोट, कतै झडप त कतै उम्मेदवार र तिनका समर्थकले मतदाता प्रभावित पारेको घटना बाहिरियो। यस्तै सामाजिक सञ्जाल पनि बेलगाम देखियो।

हुन त आयोगले सामाजिक सञ्जालमार्फत हुनसक्ने प्रचारलाई रोक्न सेना र नेपाल प्रहरीले सूक्ष्म निगरानी गरिरहेको दावी गरेको थियो। तर सामाजिक सञ्जाल बुस्ट गरेका सामग्रीले भरिएका छन्। पार्टीका पेजदेखि उम्मेदवार र तिनका समर्थकहरू भोट माग्न सक्रिय देखिए।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालसम्म सक्रिय देखिए यसमा।

कलाकारमा पनि मौन अवधिको उलङ्घन गर्ने होडबाजी नै चल्यो। स्वस्तिमा खड्का, निर्मल शर्मादेखि वर्षा राउतसम्मले काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साहको प्रचार सामग्री फेसबुकमा शेयर गरे। भोट मागे।

यता बुटवलमा गए राति बम विस्फोट भयो। मिलनचोकमा कुकर बम बिस्फोट भएको थियो।

मौन अवधिको पहिलो दिन आचारसंहिता पालना नभए पनि आज दोस्रो दिन भने बिहानसम्म माहोल शान्त नै रहेको छ।

वैशाख २९, २०७९ बिहीबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।