गाउँपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले खेदेपछि सशस्त्रले लियो नियन्त्रणमा

इलामः सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयले होहल्ला गर्दा खेदेका छन्। सन्दकपुर– ५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले खेदेको बताइएको छ।
एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए। पछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताएका छन्।
मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्न समेत उनीहरूले माग गरेका छन्।
वैशाख २९, २०७९ बिहीबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।