मौसम अपडेट: सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यस्तै “असानी“ नामको चक्रवात पनि हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ।
यतिबेला देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वैशाख २९, २०७९ बिहीबार ०७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।