भोट हाल्न मतदाता परिचय पत्र नचाहिने, तर सूचीमा नाम चाहिने

भोट हाल्न मतदाता परिचय पत्र नचाहिने, तर सूचीमा नाम चाहिने

काठमाडौँ : निर्वाचन आयोगले वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचय पत्र भए पनि हुने निर्णय गरेको छ। आयोगले बुधवार परिचय खुल्ने कागजातका आधारमा पनि मत हाल्न पाउने निर्णय गरेको हो।

बुधवार आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार मतदाताले परिचय खुल्ने कागजातबाट समेत मतदान गर्न पाउने गरी व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको उल्लेख गरेको छ।

यस अगाडि नागरिकता मात्रै भए पनि मतदान गर्न पाउने हल्ला फैलिएको थियो। आयोगले बुधवारै अर्को सूचना जारी गरेर नागरिकता भएको तर मतदाता सूचीमा नाम नभएकाहरूले मतदान गर्न नपाउने उल्लेख गरेको थियो।

मतदाता सूचीमा नाम भएको तर मतदाता परिचय पत्र हराएको वा नलिएको अवस्थामा नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जाको सक्कलको आधारमा समेत मतदान गर्न पाउने आयोगले जानकारी दिएको छ।

वैशाख २८, २०७९ बुधबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।