लेक लागेर म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

लेक लागेर म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

जाजरकोट : उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको हो। 

विक चुनावको सुरक्षामा खटिएका थिए। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए। 

मृत्यु भएका विकको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो।

वैशाख २८, २०७९ बुधबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।