इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

एजेन्सी : वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ। इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ।
सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ। आक्रमणमा अर्का पत्रकार घाइते भएका छन्। उनको अवस्था स्थिर छ।
अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन्।
वैशाख २८, २०७९ बुधबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।