युक्रेनमा रहेको रुसको सम्पत्ति जफत हुने, अरू देशसँग पनि अनुरोध गरिने

एजेन्सीः युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने बताएका हुन्।
युक्रेनको मन्त्रिपरिषद्ले हालै युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने कानून बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको पनि उनले बताए।
प्रधानमन्त्री सामहालले यो निर्णयसँगै युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरू युक्रेन राज्यको मातहतमा आएको बताएका छन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो कानून बनाएको हो।
यस्तै युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माणका लागि एक कोषको समेत स्थापना गरेको जनाएको छ। जफत गरिएका सम्पत्ति उक्त कोषमा जम्मा हुने पनि प्रधानमन्त्री सामहालले बताए।
यस्तै युक्रेनले अरू देशमा रहेका रुसको सम्पत्तिहरू जफत गर्न पनि अनुरोध गर्ने भएको छ। त्यहाँ जफत गरिएका सम्पत्ति पनि युक्रेनको पुनर्निर्माणमा प्रयोग गरिने बताइएको छ।
वैशाख २८, २०७९ बुधबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।